आफ्ना पितालाई निकै नै घृणा गर्छिन् रेखा, अन्तिम संस्कारमा समेत भइनन् भेला



बलिउडकी सदावहार नायिकाको रुपमा परिचित रेखाको जीवन कहानी निकै रोचक र दुखदायी पनि छ । तर उनले आफ्नो दुख कहिल्यै कसैलाई देखाइनन् र सधैँ आफ्नो करियरमा नै फोकस भइन् । जसका कारण उनले बलिउडमा आफ्नो निकै बलियो स्थान समेत बनाएकी छिन् ।

रेखाका पिता जेमिनी गणेशन साउथ फिल्मका चर्चित अभिनेता हुन् र उनकी आमा पुष्पावली पनि साउथकी चर्चित नायिका हुन् । रेखाका आमाबुबाको सम्बन्ध कहिल्यै राम्रो भएन । यति मात्र होइन रेखा आफ्ना पितालाई निकै नै घृणा गर्छिन् । उनी आफ्नो पिताको अन्तिम संस्कारमा समेत गइनन् ।

रेखाले कहिल्यै आफ्ना पिताको थर आफ्नो नामको पछाडि जोडिनन् । पिता साउथका किंग अफ रोमान्स का नामले चिनिन्थे । उनका पिता गणेशनसँग विवाहभन्दा पहिले नै उनकी आमा पुप्षावली गर्भवती भइन् र रेखाको जन्म भएको थियो । उनका पिताले चारवटा विवाह गरे तर रेखाकी आमालाई कहिल्यै पत्निको दर्जा दिएनन् ।

आफ्नो बुबाले आमाप्रति गरेको व्यवहार देखेर रेखा कमजोर बनिसकेकी थिइन् । बुबाको राम्रो साथ नपाएका कारण उनको घरको अवस्था निकै नाजुक थियो । जसको कारण उनले १३ बर्षको कलिलो उमेरदेखि नै काम गर्न थालिन् । रेखा कहिल्यै आफ्ना पिताको बारेमा कुरा गर्न चाहन्नन् ।

प्रतिक्रिया दिनुहोस्