
ऐश्वर्या राय बलिउडकी सर्वाधिक सुन्दर नायिकाको सुचीमा पर्छिन् । ऐश्वर्याको उमेर ढल्कदै गएपनि उनी झन झन जवान देखिदैँ छिन् । यस्तोमा मानिसले उनको सुन्दरतामाथि प्रश्न उठाउनु सामान्य नै हो । हुन त ऐश्वर्याको सुन्दरतामाथि पहिले पनि प्रश्न नउठेको होइन ।
ऐश्वर्याले मिस वल्र्डको ताज जित्दाखेरि उनलाई प्लाष्टिक सर्जरी गरेर नक्कली सुन्दरताका कारण ताज जितेको आरोप लागेको थियो । त्यतिबेला ऐश्वर्याले कुनैपनि प्रतिक्रिया दिएकी थिइनन् ।
किनकी ऐश्वर्याले प्लाष्टिक सर्जरी गरेकी छैनन् । उनी वास्तवमा नै निकै राम्री छिन् । फिल्म क्षेत्र विवादित क्षेत्र हो । यहाँ काम गर्ने हर कोही कलाकारले कुनै न कुनै आलोचना खप्नु परेको नै हुन्छ । त्यसैले ऐश्वर्याले पनि आफ्नो सुन्दरतालाई लिएर गरिने गलत टिप्पणीको जवाफ दिने गरेकी छैनन् ।





