पूजाको आफ्नै स्टाइल (फोटो फिचर)



पूजा शर्मा नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका हुन् । पछिल्लो समयमा चलचित्रमा सँगै म्यूजिक भिडियोमा पनि उनको डिमाण्ड हाई छ । उनले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् । तर उनको लोकप्रियतामा भने कमी आएको छैन । उल्टो पूजाको फ्यान फलोइङ बढिरहेको छ ।

अहिले पनि पूजा एक म्यूजिक भिडियोमा व्यस्त छिन् । उक्त गीतको सुटिङ सेटबाट पूजाका केही तस्बिर बाहिर आएका छन् । तस्बिरमा पूजा निकै नै राम्री देखिएकी छिन् । फ्यानले पूजाको उक्त तस्बिरहरुलाई मन पराइरहेका छन् र सकरात्मक प्रतिक्रिया पनि दिइरहेका छन् । कामको कुरा गर्नुपर्दा लकडाउन भन्दा अघि पूजा म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्त थिइन् । तर कोरोनाका कारण यो चलचित्र तोकिएको समयमा रिलिज हुन सकेन ।

म यस्तो गीत गाउँछु २ अब केहीसमय पछि मात्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्