एक चुम्बनले जोडिएको रणवीर दिपिकाको सम्बन्ध, ६ बर्षको प्रेमपछि गरे विवाह



रणवीर सिंह र दिपिका पादुकोण बलिउडका सर्वाधिक लोकप्रिय जोडीमध्येका एक हुन् । ६ बर्षको प्रेमपछि यी दुई सन् २०१८ नोभेम्बर १४ मा इटालीमा विवाह गरेका थिए । अहिले फेब्रअरीको महिना चलिरहेको छ । फेब्रअरी भन्ने बित्तिकै सबैले सबैभन्दा पहिले सम्झने भनेकै भ्यालेनटाइन डे हो । भ्यालेनटाइन डे प्रेमी प्रेमिकाको लागि विशेष दिन मानिन्छ ।

यस बर्षको भ्यालेनटाइन नजिकिदैँ गर्दा सामाजिक सञ्जालमा नाम चलेका जोडीको प्रेम कहानीबारे चर्चा भैरहेको छ । रणवीर र दिपिकाको पनि प्रेम कहानी निकै रोचक रहेको छ । यी दुईको पहिलो सहकार्य सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र रामलीला मा भएको थियो ।

यस चलचित्रको छायांकनको क्रममा नै यी दुईको निकटता बढेको थियो । एकपटक चलचित्रमा समावेश अगं लगा दे रे गीतको छायांकन भैरहेको थियो । गीतमा रणवीर र दिपिकाको किस सिन पनि थियो । उक्त सिन दिने बेला डाइरेक्टरले कट भनिसक्दा पनि रणवीर र दिपिकाले किस गर्न छोडेका थिएनन् ।

यो देखेर सबैजना चकित भएका थिए । त्यहिबाट नै यी दुईबिच प्रेम रहेको सबैले थाहा पाइसकेका थिए । यो घटनापछि उनीहरु सुटिङ सेटमा आउँदा उनीहरु एकअर्कालाई ‘बेबी’ भनेर सम्बोधन गर्थे । सँगै खाना खान्थे र सुटिङ नहुञ्जेलसम्म भेनिटी भेनमा घण्टौं बिताउँथे ।

प्रतिक्रिया दिनुहोस्