ज्याकलिन र अक्षयको मिलेको केमेष्ट्रि, एकसाथ फेरि पर्दामा देखिदैँ



बलिउडमा अभिनेता अक्षय कुमार र अभिनेत्री ज्याकलिन फर्नान्डेजको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् । यी दुईले एकसाथ धेरै चलचित्रमा काम गरिसकेका छन् । दर्शकले पनि यी दुईलाई राम्रो साथ दिइरहेका हुन्छन् । यसैबिच अक्षय र ज्याकलिन नयाँ चलचित्रमा देखिने भएका छन् ।

यी दुई चलचित्र बच्चन पाण्डे मा देखिदैँछन् । यो चलचित्रको छायांकन सुरु भैसकेको छ । तर ज्याकलिनले भने अर्को साताबाट छायांकन सुरु गर्नेछिन् । चलचित्रमा उनको र अक्षयको प्रेम देख्न सकिनेछ । भारतीय मिडियाका अनुसार, ज्याकलिनले अक्षयसँग चलचित्र ‘रामसेतु’मा पनि काम गर्दैछिन् । तर, निर्माणपक्षले यो बिषयमा कुनै आधारिकारिक जानकारी दिएको भने छैन ।

ज्याकलिन श्रीलंकाकी सुन्दरी हुन् । तर उनले बलिउडमा आफ्नो राम्रो स्थान बनाइसकेकी छिन् । कामबाहेक उनी बेला बेलामा अभिनेता सलमा खानसँगको प्रेमका कारण पनि चर्चामा आउने गरेकी छिन् । तर सलमान र ज्याकलिनले भने अहिलेसम्म आफ्नो प्रेम स्वीकारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्