अभिनेताको जति पारिश्रमिक माग्दा प्रियंकालाइ दिइयो फिल्मबाट निकाल्ने धम्की



बलिउड, हलिउड, कलिउड, टलिउड सबैतिर चलचित्रमा काम गरेबापत सधैँ नै नायिकाले भन्दा नायकले धेरै पारिश्रमिक पाउने गरेका छन् । भलै चलचित्रमा काम गर्न दुवैको उत्तिकै मेहेनत परेको होस् तर रकम जहिल्यै पनि अभिनेताले नै धेरै पाउँछन् । यो कुराको विरोध नभएको होइन । बलिउडमा केही नायिकाहरुले यसबारे आपत्ति जनाएका छन्, तर परिणाम केहीपनि आएको छैन ।

बलिउडकी सर्वाधिक डिमाण्डेड अभिनेत्री प्रियंका चोपडाले आफ्नो यस्तै एउटा घटना सेयर गरेकी छिन् । उनले फिल्मको नाम र स्टारको बारेमा केहीपनि बताइनन् । तर उनले निर्देशक र निर्माताले आफूले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको खुलासा गरेकी छिन् । उनले आफ्नो को स्टार अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लखेट्ने धम्की उनलाई आएको थियो ।

यो मानसिकता अझैपनि निर्माता निर्देशकमा रहेका छ । बलिउडमा मात्र नभएर हरेक फिल्म क्षेत्रमा नायिकाहरुले आफूले हेपाई धेरैपटक सहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्