ब्वाइफ्रेण्डसँग कोठामा बसिरहेको बेला रंगेहात समातिइन् प्रियंका, त्यसपछि यतिसम्म भयो…



बलिउड तथा हलिउडकी सर्वाधिक चर्चित नायिका प्रियंका चोपडाले केहीदिन अघि आफ्नो संस्मरण अनफिनिश्ड निकालेकी थिइन् । उनी अहिले यो पुस्तकका कारण चचामा छिन् । यो पुस्तकमा प्रियंकाले आफ्नो किशोरावस्थाको केही घटना साझेदार गरेकइी छिन् ।

उनले आफ्नो टिनेजको समयमा एक ब्वाइफ्रेण्ड रहेको पुस्तकमा उल्लेख गरेकी छिन् । प्रियंका एकपटक आफ्ना ब्वाइफ्रेण्डसँग कोठामा बसिरहेको बेलामा रंगेहात समातिएकी थिइन् । प्रियंका पढाइका लागि अमेरिकामा बस्दा यो घटना घटेको थियो ।

प्रियंकाका अनुसार अमेरिकामा बसेर पढ्ने क्रममा उनको एक किशोरसँग प्रेम भएको थियो । किताबमा प्रियंकाले ती किशोरको नाम बब भनेकी छिन् । त्यतिबेला प्रियंका १० कक्षामा पढ्थिन् । उनी अमेरिकामा आफ्नी किरण आन्टीसँग इण्डियानापोलिसमा बस्थिन् । प्रियंकाका अनुसार उनी त्यतिबेला बबसँग बिहे गर्न चाहन्थिन् ।

प्रियंकालाई प्रेमीसँग कोठाभित्र हात समातेर बसिरहेको देखेपछि उनकी आन्टीले तुरुन्त फोन गरेर सबै कुरा आमालाई सुनाइन् । त्यसपछि प्रियंकाकी आमाले उनलाई भारत नै फर्काइदिन भनेपछि प्रियंका भारत फर्किइन् र मिस इन्डिया मा भाग लिइन् । मिस इन्डिया जितेपछि उनी मिस वल्र्ड मा गएकी थिइन् । उनले मिस वल्र्डको पनि उपाधी जितिन् । त्यसपछि मात्र उनको फिल्मी करियर सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्