‘बिगबोस’ होस्ट गरेबापत सलमानले लिन्छन् यतिधेरै पारिश्रमिक…



सलमान बलिउडका सर्वाधिक चर्चित अभिनेतासँगै होस्ट पनि हुन् । उनी विगत ११ बर्षदेखि ‘बिगबोस’ होस्ट गरिरहेका छन् । अहिले पनि उनी ‘बिगबोस १४’ होस्ट गरिरहेका छन् । सलमानले ‘बिगबोस’ मा सलमानको होस्टिङ निकै मन पराउने गरेका छन् । जसका कारण नै सलमान ‘बिगबोस’ सँग यत्तिका बर्षदेखि आबद्ध छन् ।

सलमानले ‘बिगबोस’ होस्ट गरेबापत निकै नै महंगो रकम लिने गरेका छन् । सलमान हप्तामा २ दिन मात्र ‘बिगबोस’ मा आउने गर्छन् । उनले १ दिन बराबर १४ करोड लिने गरेका छन् । सलमान रियालिटी शो मध्येका सबैभन्दा महंगा होस्ट हुन् । सलमान बिना ‘बिगबोस’ अपुरो हुने भएकाले च्यानलले सलमानले डिमाण्ड गरेजति रकम दिएको हो ।

प्रतिक्रिया दिनुहोस्