‘म कालो भएका कारण सानैदेखि सबैले धेरै हेप्थे’ : रेमो डिसुजा



बलिउडका चर्चित डान्स कोरियोग्राफर तथा प्रोड्युसर हुन्, रेमो डिसुजा । रेमोलाई बलिउडका अधिकांश सेलिब्रेटीहरुले सम्मान गर्ने गरेका छन् । उनले बलिउडमा धेरै जनाको करियर बनाउन सहयोग पनि गरेका छन् । रेमोलाई यो मानसम्मान त्यतिकै मिलेको होइन, यसको लागि उनले निकै नै मेहेनत गरेका छन् ।

रेमोलाई यहाँसम्म आइपुग्न सजिलो थिएन । उनले सानैदेखि जातीय रुपमा विभेदको सामना गर्नुपरेको थियो । यो कुराको खुलासा रेमो स्वयमले गरेका हुन् । रेमोको छाला कालो भएका कारण सानैदेखि उनलाई अपमान गर्ने गरिन्थ्यो ।

सुरु सुरुमा रेमोलाई यस्तो कुराले निकै नै चित्त दुख्थ्यो । तर समयसँगै उनले आफ्नो सोचलाई परिवर्तन गरे । उनले जसले जे भनेपनि आफ्नो करियरमा मात्र फोकस गरिरहे । जसको फल पनि पाए ।

प्रतिक्रिया दिनुहोस्