बर्षाको प्रश्न– ‘के निर्मला र सम्झनाले जस्तै भागरथीले पनि न्याय पाउँदिनन्’ ?



केहीदिन अघिमात्र बैतडीमा १७ बर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि घाँटी निमोठेर हत्या गरियो । अहिले सामाजिक सञ्जालभरि यहि कुराको चर्चा भैरहेको छ । भागरथीको अपराधी पत्ता लागेको छैन । कसले र के कारणले उनको हत्या गर्यो कसैलाई थाहा छैन । भागरथीको शव अहिलेसम्म अस्पतालमा नै छ ।

भागरथीको न्यायको लागि यतिबेला नेपाली जनताले आवाज उठाइरहेका छन् । यसैबिच नायिका बर्षा सिवाकोटीले पनि नारीलाई भगवान् मानेर पुज्ने देशमा नारी नै सुरक्षित छैनन् भन्दै प्रश्न गरेकी छिन् । नेपालमा यस्तो घटना पहिलो पटक घटेको होइन । यसअघि पनि निर्मला र सम्झनालाई बलात्कारपछि हत्या गरिएको थियो । उनीहरुका अपराधी अहिलेसम्म समातिएका छैनन् । एउटा चोट निको नहुदैँ हामीलाई अर्को ठूलो चोट लागेको छ । बर्षाले निर्मला र सम्झनाले जस्तै भागरथीले पनि न्याय नपाउने हुन् त भन्दै प्रश्न गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, के यति असक्षम छ हाम्रो न्यायपालिका ? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधिको पहिचान गरी सजायँ दिन नसक्ने ? के गरिबका लागि न्याय महंगो भैसक्यो ?

बर्षाले भागरथीको न्यायको लागि सबैले आवाज उठाउन आवश्यक रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्