प्रियंका चोपडालाई निर्देशकले स्तनको सर्जरी गराएर फिगर मिलाउन भने, दिइन् यस्तो कडा जवाफ…



प्रियंका चोपडा बलिउड तथा हलिउडकी समेत चर्चित अभिनेत्री हुन् । उनै प्रियंकाको संस्मरण अनफिनिश्ड रिलिज हुदैँछ । प्राप्त जानकारी अनुसार योे किताबमा उनले एक फिल्म निर्देशकको बारेमा लेखेकी छिन् । ती निर्देशकले प्रियंकालाई स्तनको सर्जरी गरेर आफ्नो फिगर सुन्दर बनाउन भनेका थिए ।

तर प्रियंकाले मानिनन् । त्यतिमात्र होइन उनले आफूले अहिलेसम्म प्लाष्टिक सर्जरी नगरेको बताएकी छिन् । प्रियंकाले यो क्षेत्रमा आफूले धेरै समस्याको सामना गर्नुपरेको बताउँदै यहाँ मानिसहरुले कोहीपनि मानिसहरुको कमजोरीलाई नियालिरहने र त्यसको मजाक उडाउने प्रवृति रहेको पनि बताइन् ।

तर प्रियंका आफ्नो कामबाट सधैँ नै सन्तुष्ट छिन् । उनले कसैको कुरा नसुनी आफूले काम गर्दै गएको र आगामी दिनमा पनि त्यसैगरी काम गर्दै जाने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्