बुबाको स्वास्थ्य ठिक नभएपछि एलिजाले छोडिन् साइन गरेको फिल्म, नयाँ नायिका खोज्दै निर्देशक



एलिजा गौतमको डिमाण्ड पछिल्लो समयमा म्यूजिक भिडियो र चलचित्रमा राम्रो छ । अनुराग बाट नेपाली सिने जगतमा भित्रिएकी एलिजाको पहिलो चलचित्र सफल भएन तर उनको कोशिसलाई सबैले प्रोत्साहन गरेका थिए । यसैबिच एलिजाले केहीसमय अघिमात्र चर्चित निर्देशक दिपक श्रेष्ठको नयाँ चलचित्र साइन गरेकी थिइन् ।

चलचित्रको मुख्य भूमिकामा एलिजा गौतम र गौरव पहारी अनुबन्धित भैसकेका थिए । तर अन्तिम सयममा आएर एलिजा चलचित्रबाट बाहिरिएकी छिन् । यस चलचित्रको छायांकन फागुनको पहिलो साताबाट गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका थिए । तर एलिजाले चलचित्रबाट हात झिक्ने बित्तिकै यो चलचित्रको छायांकन अब अलि ढिलो सुरु हुने देखिएको छ ।

एलिजाले आफूले चलचित्रको लागि समय दिन नसक्ने भएकाले चलचित्रबाट बाहिरिएको जानकारी दिएकी छिन् । उनले बुबाको स्वास्थ्य अवस्था ठिक नभएकाले आफू केही दिनमै क्यानडा जान लागेको पनि बताएकी छिन् । यतिबेला निर्देशक श्रेष्ठले चलचित्रको लागि अर्की नायिका खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्