साउथकी स्टार काजलले विवाहपछि आफ्नो रोगबारे खुलासा गर्दै भनिन्, ‘यसमा लजाउनु पर्ने कुरै छैन’



काजोल अग्रवाल दक्षिण भारतीय सिनेमा अर्थात साउथकी सर्वाधिक चर्चित नायिका हुन् । साउथमा त उनको लोकप्रियताको कुरै नगरौँ । त्यसका साथै बलिउडमा पनि उनको फ्यान फलोइङ राम्रो छ । काजोलले बलिउडमा पनि केही चलचित्रमा काम गरेकी छिन् । उनलाई आज पनि धेरै दर्शकले सिंघम नायिका भनेर चिन्ने गरेका छन् ।

उनै काजोलले केहीसमय अघि आफ्ना प्रेमीसँग विवाह गरेकी थिइन् । अहिले काजोल आफ्ना श्रीमानसँग निकै रमाइलो जीवन बिताइरहेकी छिन् । यसैबिच काजोलले विवाहपछि आफ्नो रोगबारे पनि खुलाएकी छिन् । काजोललाई दम रोगको समस्या छ । यो कुराको खुलासा काजोल स्वयमले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै गरेकी हुन् ।

काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर साझा गर्दै आफूलाई दम भएको जानकारी दिएकी छिन् साथै उनले इन्हेलरको महत्वमाथि पनि जोड दिए । काजलको पोस्ट पढेर प्रशंसक उनीसँग निकै प्रभावित भएको पनि देखिएका छन् । सिंघमकी नायिकाले पोस्टमार्फत् आफूले दमको समस्याका बेला राहतका लागि इन्हेलरको प्रयोग गर्ने र यसमा लजाउनुपर्ने कुनै कुरा नभएको बताएकी छिन् ।

साथै काजोलले आफूलाई पाँच बर्षदेखि यो रोगको समस्या भएकाले आफूले खान चाहेका खानेकुराहरुबाट बच्चैदेखि बन्चित रहेको बताइन् । सुरु सुरुमा उनलाई निकै गाह्रो हुन्थ्यो तर पछि काजोलले आफ्नै लागि यो सब गरिएको थाहा पाएपछि आफ्नो रोगबारे अझ सजग भइन् । उनलाई खानेकुराले मात्र होइन बाहिर निस्कदाँ धुलोधुवाँ र चुरोटको गन्धले समेत निकै प्रभाव पार्थ्यो । काजोललाई सास फेर्नै गाह्रो हुने भएपछि उनले इनहेलर राख्न सुरु गरिन् । उनले आफूलाई सास फेर्न गाह्रो हुने बित्तिकै यसको प्रयोग गर्ने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्