७ महिनामा दुई भाइ गुमाउँदा टुटे रणधीर कपुर, राजिवको पार्थिव शरीर लिएर अस्पतालबाट रुदैँ निस्किए



हिजोमात्र बलिउडका दिग्गज कलाकार राजिव कपुरले हृदयघातका कारण संसारबाट बिदा भए । राजिवको ५८ बर्षको उमेरमा निधन भएको हो । उनलाई हृदयघात भएपछि नजिकैको अस्पतालमा पुर्याइएको थियो । जहाँ डाक्टरले उनको निधन भैसकेको पुष्टि गरेका थिए ।

राजिवसँग अस्पतालमा उनका जेठा दाई रणधीर कपुर थिए । रणधीर पनि बलिउडका चर्चित कलाकार हुन् । यतिबेला राजिवको निधनले पुरा बलिउड नै स्तब्ध भएको छ । त्यो भन्दापनि बढी त यतिबेला कपुर परिवार शोकमा डुबिरहेको छ । रणधीरलाई अब भने आफूलाई सम्हाल्न गाह्रो भैरहेको छ । उनले ७ महिनाअघि मात्र रणधीरले आफ्नो भाई ऋषि कपुर जो बलिउडको एक खम्बा थिए, उनलाई गुमाएका थिए ।

ऋषि गएको चोट रणधीर र कपुर परिवारमा मनमा ताजै हुदाँ राजिव पनि संसारबाट बिदा भए ।

रणधीरले निकै भावुक हुँदै आफ्ना भाइको मृत्युबारे भने, ‘मैले आफ्नो कान्छो भाइ राजिवलाई गुमाएँ । चिकित्सकले निकै कोसिस गरे तर उनीहरुलाई बचाउन सकिएन ।’

प्रतिक्रिया दिनुहोस्