हृदयघातका कारण स्वर्गीय अभिनेता ऋषि कपुरका भाइ राजिव कपुरको निधन



स्वर्गीय अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजिव कपुरको आज दिउँसो असामयिक निधन भएको छ । उनको निधन हृदयघातका कारण भएको हो । ५८ बर्षका राजिवको चेम्बुरमा उनको घर नजिकैको अस्पतालमा निधन भएको हो ।

राजिवको निधनको खबर सबैभन्दा पहिले ऋषि कपुरकी श्रीमती नीतू कपुरले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । राजिवले बलिउडमा अभिनेता, निर्माता र निर्देशकको रुपमा समेत काम गरेका थिए ।

कामको कुरा गर्ने हो भने उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हे हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमा राजिवले मुख्य भूमिका निर्वाह गरेका थिए । आसमान, लभर बोय, जबरदस्त र हम तो चले परदेस उनको सबैभन्दा चर्चित फिल्ममा गनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्