
फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेत्री करिश्मा मानन्धरले आफ्नो छुट्टै स्थान बनाएकी छिन् । उनै नायिका करिश्मा हालैमात्र महानायिकाको उपाधिबाट सम्मानित भएकी छिन् ।
आरके इन्टरनेटमेन्टले आफ्नो २० औँ बार्षिकोत्सवको अवसर पारेर करिश्मालाई यो सम्मान प्रदान गरिएको हो ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आरके इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन समेत लगाइदिएको छ ।
समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।





