सलमानसँग विवाह गर्न अमेरिकाबाट मुम्बई आइन् यी नायिका



पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् । उनको पुरानो सम्बन्धले अहिले चर्चा पाइरहेको छ । भारतीय मिडिया अनुसार सोमी अली कुनै समयमा सलमानसँग निकै नजिक थिइन् । यो पनि बताइन्छ कि एक समयमा सलमान र सोमी प्रेममा थिए ।

सोमी सलमानसँग विवाह गर्न भने सन् १९९२ मा अमेरिकाबाट मुम्बई आएकी थिइन् । त्यसबेला सोमी मात्र १६ बर्षकी थिइन् । उनले त्यसबेला सलमानको मेने प्यार किया चलचित्र हेरेकी थिइन् । त्यसपछि उनलाई सलमान यति मन पर्यो कि उनले घरमा झगडा गरेर मुम्बई आइछोडिन् ।

मुम्बई आएपछि उनले फोटोग्राफर राजाध्यक्षसँग आफ्नो फोटोसुट गराइन् र प्रोडक्सन हाउसमा जान थालिन् । यही क्रममा एकदिन एक प्रोडक्सन हाउसमा सलमानको नजर सोमीमाथि पर्यो । त्यसपछि उनले सोमीलाई फिल्म ‘बुलन्द’को अडिसनमा बोलाए । भलै यो फिल्म रिलिज त भएन, तर सोमीलाई भने अन्य फिल्मबाट अफर आउन थाल्यो ।

लामो समयसम्म सलमानसँग प्रेम सम्बन्धमा रहेकी सोमीको सम्बन्ध १९९९ मा टुट्यो । त्यसपछि उनी पुनः अमेरिका फर्केर अहिले एक संस्था चलाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्