विवाह गर्दै साउथका स्टार प्रभास !



साउथका सुपरस्टार प्रभास को डिमाण्ड पछिल्लो समयमा टलिउडमा मात्र नभएर बलिउडमा पनि निकै बढ्न थालेको छ । प्रभासले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनै प्रभास यतिबेला बिहेको खबरले चर्चामा छन् ।

भारतीय मिडियाले बताएअनुसार प्रभास चाडै नै विवाह गर्ने सोचमा छन् । केहीसमय अघि उनको नाम साउथकी सुपरस्टार अनुष्का शेट्ठीसँग जोडिएको थियो । यी दुईले एकसाथ धेरै चलचित्रमा काम गरिसकेका छन् । दुईबिच प्रेम रहेको चर्चा चलेपनि प्रभास र अनुष्काले भने आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका थिए ।

टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् । यो एक मागी विवाह हुनेछ । यसका लागि दुबैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ ।

यद्यपि प्रभास स्वयमले भने अहिलेसम्म यसबारे कुनैपनि जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्