पुष्प र साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को छायांकनमा निर्माता र नृत्य निर्देशकबिच पर्यो झगडा



पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र तिम्रो मेरो साथ को छायांकन स्थलमा विवाद भएको छ । फिल्मका निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछानेबिच गीतको खर्चलाई लिएर विवाद भएको हो ।

५ लाखमा सकाउंने जिम्मा लिएको फिल्मको आइट गीत नृत्य निर्देशक रामजीले २५ लाखभन्दा बढी खर्च गराएको कारण निर्माता र नृत्य निर्देशक बीच लफडा चलेको जानकारी प्राप्त छ ।

फिल्मका निर्माताले नृत्य निर्देशकले आफूलाई राम्रो साथ नदिएको बताएका छन् । यता नृत्य निर्देशक रामजी लामिछानेले अनुमान गरेको भन्दा गीतको लागि बढी खर्च लागेको स्वीकारेका छन् । उनले गीतलाई आफूले राम्रो बनाउन खोजेकाले बढी खर्च लागेको पनि बताए । उनले चलचित्र आफूले नछोडेको र काम गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्