
बलिउडका चर्चित हाँस्य कलाकार कपिल शर्मा केहीदिन अघिमात्र दोस्रो पटक पिता बने । दोस्रो पटक पिता बनिसकेपछि अहिले कपिलले आफ्नो पुरा समय श्रीमती गिन्नीको हेरचाहमा दिएका छन् । कपिल र गिन्नीले १ बर्ष अघिमात्र छोरीलाई जन्म दिएका थिए ।
यतिबेला सामाजिक सञ्जालमा कपिल र गिन्नीलाई बधाई दिनेको ओइरो नै लागेको छ । यसैबिच फ्यान कपिलका छोराको नाम जान्न आतुर छन् । उनलाई सामाजिक सञ्जालमा धेरै फ्यानले छोराको नाम सोधिरहेका छन् । तर कपिलले अहिले छोराको नामाकरण नभएको जानकारी दिएका छन् ।
उनले केहीदिन पछि पुरा विधि सहित छोराको नामाकरण गरिने बताएका छन् । साथै उनले केही समयपछि पहिले भन्दा भव्य तरिकाले कपिल शर्मा शो लिएर दर्शकमाझ आफू आउने बताए ।





