
बलिउडकी सर्वाधिक चर्चित नायिका सन्नी लियोनीमाथि ठगीको आरोप लागेको छ ।
सनी लियोनीमाथि एक व्यक्तिले २९ लाख भारु ठगी गरेको आरोप लगाएका छन् । भारतीय मिडिया अनुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् । श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।
सन्नीले कोरोनाका कारण आफू कार्यक्रममा जान नसकेको बताइन् । सन्नीले बताए अनुसार आयोजकले पाँच पटक कार्यक्रम स्थगित गरिदिए र निर्धारित समयाअनुसार कार्यक्रम पनि आयोजना गरेनन् । उनले आफूले रकम लिइसकेकाले अन्य कुनै दिन उक्त कार्यक्रममा आफू उपस्थित हुन तयार भएको बताएकी छिन् ।
तर कुराकानी चलिरहेको छ ।





