
बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनको परिवार भारतकै सम्पन्न परिवारमा पर्छ । बलिउडमा यो परिवारको छुट्टै नाम र सम्मान छ । त्यतिमात्र नभएर बलिउडकै धनी परिवार हो, बच्चन परिवार ।
यस परिवारका सबै सदस्य फिल्म क्षेत्रमा आबद्ध छन् । अचम्मको कुरा त के छ भने भारतीय मिडिया अनुसार अभिषेक र ऐश्वर्याले भन्दा अमिताभ र जयाले बढी पैसा कमाउँछन् ।
जया–अमिताभको कुल सम्पत्ति २८०० करोड रहेको छ । उनीहरुको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुईवटा बंगला छ । मुम्बईबाहेक उनीहरुको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरुको सम्पत्ति छ ।
उनीहरुसँग १२ वटा गाडी पनि छ । जया बच्चनसँग ६२ करोड भारुका गहना छन् । जसमा अमिताभ बच्चनले लगाएको औंठी पनि सामेल गरिएको छ ।





