
बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री ज्याकलिन फर्नाडिजले नयाँ घर खरिद गरेकी छिन् । उनले अरु कसैको नभएर नायिका प्रियंका चोपडाको मुम्बइृको जुहूमा रहेको घर खरिद गरेकी हुन् । प्रियंका र निकले त्यहि घरमा विवाह गरेका थिए ।
ज्याकलिनले लामो समयदेखि नयाँ घरको खोजी गरिरहेकी थिइन् । ज्याकलिनले खोजेजस्तो घर भेटेकी छिन् । किनकी प्रियंकाको उक्त घर निकै नै आलीसान रहेको छ । उक्त घर ज्याकलिनले ७ करोडमा खरिद गरेको बताइएको छ ।
घरको नाम भने कर्मयोग हो ।





