
पछिल्लो समयमा नायिका बर्षा सिवाकोटी सामाजिक सञ्जालमा सेयर गर्ने गरेका बोल्ड तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् । केहीसमय अघि जाडो महिनामा उनले स्वीमिङ कस्टुम लगाएको तस्बिर सेयर गर्दा उक्त तस्बिरले निकै नै चर्चा पाएको थियो । उनलाई पछिल्लो समयमा हट नायिकाको रुपमा चिनि थालिएको छ ।
यसैबिच हालैमात्र सार्वजनिक भएका बर्षाका केही तस्बिरले फ्यानको होस नै उडाएको छ । तस्बिरमा बर्षा निकै नै बोल्ड देखिएकी छिन् । सबैले बर्षाको लुक्सको तारिफ गरिरहेका छन् ।
कामको कुरा गर्नुपर्दा पछिल्लो समयमा उनको डिमाण्ड म्यूजिक भिडियो र चलचित्रमा निकै छ । उनले केहीसमय अघिमात्र चलचित्र परदेशी २ को छायांकन सक्काइन् । केहीदिन अघि बर्षा प्रेमी सबिनसँगको ब्रेकअपका कारण पनि चर्चामा आएकी थिइन् ।





