गायिका अञ्जु पन्तका प्रेमीले यस्तो तस्बिर सार्वजनिक गर्दै लेखे– ‘चाडैँ नै एक हुने तयारीमा छौँ’



लामो समयदेखि एक्लो जीवन बिताइरहेकी गायिका अञ्जु पन्त अब भने जीवनमा अघि बढ्ने तयारीमा छिन् । केहीदिन अघिमात्र उनका प्रेमी सार्वजनिक भएका छन् । प्राप्त जानकारी अनुसार अञ्जु विगत १ बर्षदेखि गीतकार थीर कोइरालासँग प्रेममा छिन् । यी दुईको विवाह हुने पक्का भैसकेको छ ।

थिरले हालैमात्र सामाजिक सञ्जालमा अञ्जु र उनको एक तस्बिर सार्वजनिक गर्दै चाडैँ नै एक हुन लागेको जानकारी दिएका छन् । यतिबेला सामाजिक सञ्जालमा अञ्जु र थिरलाई बधाई दिनेको ओइरो नै लागेको छ । गायक मनोज राजसँग डिभोर्स भएपछि उनले अबको बाकीँ जीवन एक्लै बिताउने बताएकी थिइन् । तर उनी आफ्नो जीवनमा एकपटक फेरि कसैको साथमा बस्न लाग्दा फ्यानले उनलाई समर्थन गरिरहेका छन् ।

अञ्जुले छोरी पारितोशिकाले विवाहको लागि बारम्बार दबाब दिएका कारण पनि आफूले यस्तो निर्णय लिएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्