युवासंघको बाइक र्यालीमा ओलीपछि बादलको क्रेज



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा आयोजित वृहत मोटरसाइकल र्यालीमा युवासंघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा (बादल) को फोटो अंकित ब्यानर निकै प्रयोग गरेका देखिन्थे ।

“युवालाई आन्दोलन होइन विकासमा जोडौँ ” भन्ने मूल नारा सहित युवासंघ नेपालका सुदिप तामाङ र सुबित ढुगांनाको नेतृत्वमा अनुपम पार्टी प्यालेस, गौशलाबाट सहभागी भएको ३ हजार भन्दा बढी मोटरसाइकलको र्याली गौशला कोटेश्वर हुदैँ बालकुमारीमा जोडिएको थियो ।

युवासंघका केन्द्रीय सदस्य अरुण कुमार क्षेत्रीका अनुसार तामाङ र ढुगांनाको नेतृत्वमा गौशलाबाट गएको र्याली भक्तपुरबाट युवा संघले ल्याएको मोटरसाइकल र्यालीभन्दा निकै ठूलो भएको युवा संघ भक्तपुरका एक नेताले बताएका छन् ।

नेकपाभित्र ओलीपछि मर्यादा र जिम्मेवारीमा को ठूलो हुने भन्ने आन्तरिक प्रतिस्पर्धालाई बाइक र्यालीले जवाफ दिएको बताउँदै क्षेत्रीले भने, ‘युवाहरुको बिचमा केपी ओलीपछि गृहमन्त्री बादलकै वर्चस्व बढी छ ।’

प्रतिक्रिया दिनुहोस्