देव र शिल्पाको ‘लायौ मोहनी’ रिलिज (भिडियो सहित)



टेक बिसी नेपाली सांगितीक जगतका लोकप्रिय गायक हुन् । उनले झम्के बुलाकी, नाच पुतली लगायतका सुपरहिट गीत गाइसकेका छन् । यसैबिच उनको नयाँ गीत बजारमा हालैमात्र रिलिज भएको छ ।

सुनिल बिसीको शब्द र सन्तोष सुनारको संगीत रहेको लायौ मोहनी बोलको गीतमा टेक बिसी र एन्जिला रेग्मीको आवाज रहेको छ । गीतमा सर्वाधिक चर्चित मोडल तथा नायिका शिल्पा पोखरेल र पछिल्लो समयमा टिकटकमा निकै रुचाइएका कलाकार देव मगर फिचर्ड छन् ।

निकै रमाइलो शैलीको गीतमा देव र शिल्पाको केमेष्ट्रि राम्रो देखिएको छ । गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्