आज नायिका करिश्मा मानन्धरको जन्मदिन, शुभकामना दिनेको ओइरो



नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका हुन्, करिश्मा मानन्धर । उनलाई सदावहार नायिका पनि भनिन् । आज उनै सदावहार नायिका करिश्मा मानन्धरले आफ्ना ४७ औँ जन्मदिन मनाउँदै छिन् । करिश्माले चलचित्र सन्तान बाट नेपाली सिने जगतमा पाइला चालेकी हुन् ।

उनले खेलेका अधिकांश चलचित्रले सफलता पनि पाएका छन् । उनै करिश्मा बेला बेलामा सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् ।

अमेरिकामा ९ बर्ष भन्दा बढी बसेर नेपाल फर्किएपछि करिश्माले राजनीतिक जीवन पनि अगाडि बढाइन् । तर, उनको राजनीतिक यात्रा भने सुखद हुन सकेन । उनी, आफ्नो अधुरो पढाई पुरा गर्न पनि अगाडि सरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा नाम कमाउन सजिलो छैन । अझ, कमाएको नाम जोगाउन झनै गाह्रो छ । तर, करिश्माले भने आफ्नो नाम मात्र बनाइनन्, यसलाई जोगाएकी पनि छन् ।

आज करिश्माको जन्मदिन परेकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि करिश्मालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्