
नायिका सुष्मा कार्कीले २ दिनअघि प्रहरी वृत, दरबारमार्गमा आफूमाथि काठमाडौँको लण्डन पबमा कुटपिट र गालीगलौज भएको भन्दै उजुरी दिएकी थिइन् । उनले आफूमाथि उत्सव रसाइलीले गालीगलौज गरेको र स्वेता खड्काकी बहिनी आरती खड्काले आफूमाथि हात नै उठाएको भन्दै उजुरी दिएकी थिइन् ।
हिजो दिनभरि प्रहरी वृत्तमा छलफल भएपछि यो विवाद सहमितमा टुुगिंएको छ ।
हिजो उत्सव र आरती पनि प्रहरी चौकीमा उपस्थित भएका थिए । उनले सुष्मासँग केही असमझदारी भएको भन्दै उनीसँग माफी पनि मागेका छन् । साथै उत्सवले आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमित भएको पनि बताएका छन् ।
सुष्माले पनि उत्सवले आफ्नो गल्ती स्वीकारीसकेकाले आफूलाई अब कुनै गुनासो नभएको बताएकी छिन् ।





