
सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।
कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिनेमिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।
अहिलेसम्म भन्डै तीन लाखले आवेदन दिएका छन्, मे र जुनसम्म परीक्षा दिने मिति सकिएको छ, उनले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।





