
बिगबोस भारतको निकै रुचाइएको रियालिटी शो हो । बिगबोस लाई रुचाउने दर्शक भारतमा जति छन्, त्यति नै नेपालमा पनि छन् । अहिले बिगबोस सिजन १४ चलिरहेको छ । यसैबिच बिगबोस सिजन १० का प्रतिस्पर्धी स्वामी ओमको निधन भएको छ ।
स्वामी ओमलाई २ महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई दिल्लीको एक्स अस्पतालमा भर्ना गरिएको थियो । केहीसमय पछि उनी ठिक भएर अस्पतालबाट डिस्चार्ज समेत भएका थिए । तर त्यहि समयदेखि शारिरीक रुपमा कमजोर बन्दै गएपछि आज बिहान उनको असामयिक निधन भएको हो ।
स्वामी ओम दिल्लीको अंकुर विहार रोहिणी इलाकामा बस्दथे । उनको आजै अन्तिम संस्कार गरिएको छ ।
स्वामी ओम बिगबोस सिजन १० मा आउँदा उनको निकै नै चर्चा भएको थियो । विशेष आफ्नो बोली र विवादित बयानका कारण उनी चर्चामा छाइरहेका हुन्थे ।





