अक्षयकी श्रीमती ८ बर्षीय छोरीलाई पढाइको महत्व बुझाउन हरेक दिन बिहान छोरीसँगै पढ्ने गर्छिन् किताबका २५ पाना



बलिउड नायिकाहरु आफ्ना बच्चालाई लिएर निकै नै सजग हुने गरेका छन् । उनीहरुको स्वास्थ्यदेखि पढाइसम्म हरेक कुराको निकै ख्याल राख्ने गरेका छन् । यस्तै बलिउड अभिनेत्री ट्वीङ्कल खन्ना पनि आफ्नी छोरीलाई राम्रो शिक्षा दिन कुनै कसुर छोड्दिनन् । अक्षय कुमार व्यस्तताका कारण परिवारलाई त्यति समय दिन पाउँदैनन् । जसका कारण घर सम्हाल्नेदेखि छोरीको रेखदेख पनि ट्वीङ्कलले नै गर्ने गरेकी छिन् ।

ट्वीङ्कल आफ्नी छोरीको लागि हरेक बिहान कुनै न कुनै किताबको २५ पाना पढ्ने गरेकी छिन् । उनले छोरीको पढ्ने बानी बसोस् भनेर नै यस्तो गरेकी हुन् । उनले छोरीसँगै आफू पनि पढन् बस्दा छोरीको पढ्ने बानीको विकास हुनुको साथै आफूले पनि केही नयाँ कुरा सिक्ने बताएकी छिन् ।

ट्वीङ्कलले केहीदिन अघिमात्र सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी थिइन् । जहाँ उनी र उनकी छोरीले किताब पढिरहेको देख्न सकिन्छ । ट्वीङ्कलले फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले ८ वर्षीया छोरी नितारालाई तिमीले हरेक दिन २५ पाना पढ्नुपर्छ भनेकी छु । म पनि पढ्नेछु । उनले सोधिन् – तर तपाईंलाई कसले टारगेट दिन्छ मम्मा ? जवाफमा मैले भने – ठूलो हुनुको यही नै सबैभन्दा जटिल हिस्सा हो ।’

‘तपाईंले आफैंले आफैंलाई यस्ता टास्क दिनुपर्छ । ध्यान राख्नुपर्छ कि तपाईं त्यसमा अडिग रहनुहोस् । ब्रस गरेपछि कपाल नकोरिकनै हामीले दिनको सबैभन्दा राम्रो तरिकाले सुरुवात गरेका छौं । यद्यपि, सधैं २५ पाना नै हुनुपर्छ भन्ने छैन । कहिलेकाँही पाँच पाना मात्रै पढेका हुन्छौं । ’

प्रतिक्रिया दिनुहोस्