
सुहाना थापाले पहिलो चलचित्रबाट नै राम्रो चर्चा पाइन् । उनको सुन्दरता र अभिनयको सर्वत्र चर्चा भयो । उनै सुहाना ए मेरो हजुर ३ पछि ए मेरो हजुर ४ को तयारीमा छिन् । ए मेरो हजुर ४ को छायांकन केही समयको लागि रोकेर सुहाना परिवारसँग अमेरिका पुगेकी छिन् ।
सुहाना अमेरिकामा रमाइरहेकी छिन् । यतिबेला अमेरिकाका धेरै ठाउँमा हिमपात भैरहेको छ । सुहाना पनि हिउँसँग रमाइरहेकी छिन् । उनले आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसलाई फ्यानले निकै रुचाएका छन् । अब केहीदिन पछि अनमोल पनि अमेरिका उड्नेछन् । किनकी ए मेरो हजुर ४ को एउटा गीतको छायांकन अमेरिकामा नै गरिने निर्माण टिमले जानकारी दिएको छ ।





