‘केजीएफ २’ को रिलिजको दिन सार्वजनिक विदा दिनु भन्दै यशका फ्यानले प्रधानमन्त्री मोदीलाई पठाए चिट्ठी



केजीएफ दर्शकले सर्वाधिक रुचाएको चलचित्र हो । साउथ सुपरस्टार यशको मुख्य भूमिका रहेको केजीएफ ले अत्याधिक राम्रो कमाइ पनि गरेको थियो । अहिले दर्शकले केजीएफ २ को निकै प्रतिक्षा गरिरहेका छन् । केजीएफ २ मा यशसँगै अभिनेता सञ्जय दत्तको पनि मुख्य भूमिका रहेको छ ।

केजीएफ २ हेर्न फ्यान यति उत्साहित छन् कि उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्ठी लेखेर फिल्म रिलिजको दि सार्वजनिक विदा दिन अपिल गरेका छन् । यतिबेला उक्त चिट्ठीले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।

चिट्ठीमा लेखिएको छ ‘सर, हामी सबैलाई थाहा छ यशको फिल्म ‘केजीएफ च्याप्टर २’ १६ जुलाई २०२१ मा रिलिज हुँदैछ । मानिसहरु फिल्मको प्रतिक्षा गरिरहेका छन् । हामी तपाईलाई अपिल गर्दछौ । त्यो दिन राष्ट्रिय विदा घोषणा गर्दिनुस् । हाम्रो भावनालाई सम्झनुस् । यो फिल्म मात्र होइन । यो हाम्रो इमोसन पनि हो ।’

फिल्ममा यश र सञ्जय दत्तका अलवा श्रीनिधि शेट्टी, रविना टन्डनको पनि मुख्य भूमिका रहेको छ । निर्माण युनिटले केही दिन अगाडि फिल्म रिलिज मिति घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्