योगेश लामा र राधिका ढकालको आवाजमा ‘राधा कृष्ण’ सार्वजनिक



काठमाडौं । योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ । ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ ।

चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन् । सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन गरेका छन् ।

काठे भाकाको लोक तथा दोहोरि गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्