
बलिउडमा सलमान खानको छुट्टै नाम छ । बलिउडका अधिकांश कलाकारले उनको निकै नै इज्जत समेत गर्ने गरेका छन् । उनको फ्यान फलोइङ पनि एकदाम राम्रो छ । तर सलमानका पिता सलिम खान भने सलमान खानले बलिउडका दिग्गज कलाकार राजेश खन्नाजस्तो स्टारडम कहिल्यै पनि पाउन नसक्ने बताउँछन् ।
सलिमले सलमानले मात्र नभएर बलिउडका कुनैपनि कलाकारले राजेश खन्नाको जस्तो स्टारडम पाउन नसक्ने बताएका छन् ।
सलिम खानले भनेका छन्, आज मेरो छोरा सलमान खान ठूलो स्टार छन् । मेरो घरब ाहिर उसको एक झलक पाउनका लागि मानिसहरुको निकै भीड लाग्ने गर्छ । धेरैले मेरो छोराको जस्तो स्टारडम कसैको पनि नभएको समेत बताउँछन् । तर म सबैलाई यो भन्न चाहँन्छु कि राजेश खन्नाको जस्तो क्रेज र स्टारडम मैले आजसम्म कसैको देखेको छैन ।





