विवाह गर्दै गायिका अञ्जु पन्त, १ बर्षदेखि छिन् कसैको प्रेममा !



अञ्जु पन्त नेपाली सांगितीक जगतकी सर्वाधिक चर्चित गायिका हुन् । उनको आवाज मन नपराउने कमै होलान् । हरेक प्रकारका गीत गाउने सक्ने अञ्जु पन्तका फ्लप गीत धेरै भेटिदैनन् । उनै अञ्जु श्रीमान मनोज राजसँग डिभोर्स भएपछि लामो समयदेखि एक्लो जीवन बिताउँदै आएकी थिइन् ।

उनले आफूले फेरि विवाह नगर्ने समेत बताएकी थिइन् । तर अहिले बजारमा गायिका अञ्जु पन्तले छिट्टै नै विवाह गर्न लागेको हल्ला चल्न थालेको छ । यद्यपि यसबारे अञ्जुले भने कुनैपनि आधिकारीक जानकारी दिएकी छैनन् । प्राप्त जानकारी अनुसार अञ्जुलाई छोरी पारीतोशिकाले बारम्बार विवाहको लागि दबाब दिइरहेपछि उनले विवाह गर्ने निर्णय लिएकी हुन् ।

अञ्जु विगत १ बर्षदेखि कसैको प्रेममा रहेको समेत जानकारी प्राप्त छ । अब यो कुरा कत्तिको सत्य हो त्यो भने अञ्जुले खुलासा गरेपछि नै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्