
बलिउडको निकै लोकपिय्र जोडी हुन् क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्मा । यी दुईले सन् २०१७ मा इटालीमा धुमधामसँग विवाह गरेका थिए । विवाह गरेको ३ बर्ष पुरा भएपछि केहीसममय अघिमात्र यी दुईले आफ्नी पहिलो सन्तानलाई जन्म दिए । विराट र अनुष्काले छोरीलाई मिडियाबाट टाढै राखेका थिए ।
यद्यपि अहिले भने अनुष्काले छोरीको पहिलो तस्बिर आफैँले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले छोरीको तस्बिरसँगै उनको नाम पनि सार्वजनिक गरेकी छिन् । उनीहरुको छोरीको नाम भमिका राखिएको छ । तस्बिरमा विराट, अनुष्का र उनीहरुकी सानी छोरीलाई निकै खुसी मुद्रामा देख्न सकिन्छ ।
सबैले अनुष्का र विराटलाई बधाई दिइरहेका छन् । उक्त तस्बिरम स्वयम विराटले पनि कमेन्ट गरेका छन् । उनले मेरो पुरा संसार एउटै फ्रेममा भन्दै कमेन्ट गरेका छन् ।





