
नायिका सुष्मा कार्कीले क्लबमा आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् । बेला बेलामा विवादमा तानिइरहने अभिनेत्री हुन्, सुष्मा कार्की । केहीसमय अघि नायिका पूजा शर्माको बारेमा बोलेका कारण उनी विवादमा तानिएकी थिइन् ।
अहिले भने काठमाडौँको लण्डन पब क्याफेमा आफूमाथि नायिका स्वेता खड्की बहिनी आरती खड्काले कुटपिट गरेको र पत्रकार उत्सब रसाइलीले गालीगलौज गरेको बताएकी छिन् ।
उनले स्वेताले समेत आफूलाई अपशब्द प्रयोग गरेको बताएकी छिन् । त्यस समय स्वेताका श्रीमान विजयेन्द्र पनि त्यहाँ भएको तर उनले केही नबोलेको उनको भनाइ छ । यसबारे अहिलेसम्म स्वेता र उत्सवले भने कुनैपनि जानकारी दिएका छैनन् ।





