
ज्याकी श्राफ बलिउडका निकै नै राम्रा कलाकार हुन् । उनले बलिउडमा धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । उनै ज्याकी श्राफ आज आफ्नो ६४ औँ जन्मदिन मनाइरहेका छन् ।
उनलाई सामाजिक सञ्जालमा धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । यसैबिच ज्याकीकी श्रीमतीले पनि उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।
ज्याकीकी श्रीमतीले सेयर गरेको तस्बिरमा ज्याकी नेपाली भादगाउँले टोपीमा देखिएका छन् । नेपाली टोपी भएका कारण पनि नेपाली दर्शकले उक्त तस्बिरलाई निकै मन पराएका छन् र ज्याकीले नेपाली टोपीको सम्मान गरेको पनि बताइरहेका छन् ।





