शमिताले बलिउलाई भनिन् फेक संसार, भन्छिन्– ‘सावधानी नअपाउने हो भने’…



शमिता शेट्ठी बलिउडकी राम्रो कलाकारको रुपमा परिचित छिन् । उनी कम चलचित्रमा देखिएकी छिन् र उनले काम गरेका सबै चलचित्रमा उनको तारिफ नै भएको छ । आज शमिता आफ्नो ४२ औँ जन्मदिन मनाउँदैछिन् । यसैबिच उनले आफ्नो करियरबारे केही बताएकी छिन् ।

शमिता आफ्नो कामबाट निकै सन्तुष्ट रहेको बताउँछिन् । इन्डष्ट्रिमा कम देखिएपछि आफ्नो कामको सबैले तारिफ गरेकाले आफू खुसी भएको उनी बताउँछिन् । तर उनी यस क्षेत्रलाई फेक भन्छिन् । उनी बलिउड दुनियाँ नक्कली रहेको बताउँछिन् । सावधानी नअपनाउने हो भने यो नक्कली दुनियाँमा आफू हराएको पत्तो कसैले नपाउने समेत उनले बताइन् ।

शमिता हरेक पाइलामा सोचेर हिड्नुपर्ने बाध्यता यस क्षेत्रमा रहेको बताउँछिन् । आज उनको जन्मदिन रहेकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि शमितालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्