
‘नेकपाभित्रको घटना हाम्रो सरोकारको विषय होइन’
नेपालमा लागि अमेरिकी राजदूत यान्डी बेरीले अमेरिकामा राष्टपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन् । सोमबार आफ्ने निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएको योगदान लगायतका विषयमा राष्ट्रपति परिवर्तनले असर नपर्ने र नयाँ राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि यी विषयले निरन्तरता पाउने बताएका छन् ।
उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (मसीसी) अमेरिकाको लागि राजनीतिक एकाइ नभई विकास र लगानीसम्बन्धी एकाइ भएकोले राजनीतिक संक्रमणले यसलाई कुनै असर नपार्ने बताए । ‘अमेरिकामा राष्ट्रपति परिवर्तनले एमसीसीसम्बन्धी सम्झौतामा कुनै फरक पार्दैन,’ उनले भने ।
आजको नागरिक दैनिकमा समाचार छ ।





