
केहीदिन अघिमात्र बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग निकै धुमधामसँग बिहे गरेका थिए । तर उनले भन्दा अगाडि बलिउमा रणवीर कपुर र आलिया भट्टको बिहे हुने हल्ला चलेको थियो । रणवीर र आलिया यसबारे खुलासा गरेका छन् । उनीहरुले अहिले नै आफूहरु बिहेको लागि तयार नभएको स्पष्ट पारे ।
आलिया रणवीरको परिवारसँग निकै नजिक छिन् । रणवीरकी आमा पनि अहिले यी दुईको बिहेको लागि तयार नभएको बुझिएको छ । सम्भवत रणवीर र आलियाले अर्को बर्ष बिहे गर्नेछन् ।





