करण जोहरको लभस्टोरी फिल्ममा देखिदैँ रणवीर र आलिया, कत्तिको जम्ला त जोडी ?



रणवीर सिंह र आलिया भट्टले चलचित्र गल्ली ब्वाइ मा एकसाथ काम गरेका थिए । यो चलचित्रले बक्सअफिसमा तहल्का नै मच्चाएको थियो । यसका साथै यस चलचित्रबाट रणवीर र आलियालाई पनि निकै फाइदा भएको थियो ।

अब रणवीर र आलिया दोस्रो पटक पर्दामा एकसाथ देखिने भएका छन् । भारतीय मिडिया अनुसार करण जोहरको नयाँ चलचित्रमा यी दुई अनुबन्धित भएका हुन् ।

यतिबेला करण चलचित्रको कथाको काममा व्यस्त रहेको बताइएको छ । यद्यपि रणवीर र आलियाले भने यसबारे कुनैपनि जानकारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्