स्वर्गीय अभिनेता सुशान्त सिंहका भाइमाथि गोली प्रहार



स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । उनीहरुमाथि कसले गोली प्रहार गरेका हुन् त्यो भने खुलेको छैन । तर गोली शनिबार बिहान ११ः३० बजे बिहारमा उनीहरुमाथि गोली प्रहार भएको हो ।

गोली प्रहार भएपछि सुशान्तका भाई गम्भीर घाइते भएका छन् ।

सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्