बलिउडका यी चर्चित कलाकार, जसको भाग्य सलमान खानले लेखिदिए…



बलिउडका स्टार सलमान खान निकै मेहेनत गरेर आज यो स्थानसम्म आएका हुन् । उनी बलिउडका सदावहार अभिनेता हुन् । सलमानका अधिकांश चलचित्रहरु ब्लकबस्टर हुने गरेका छन् । उनी आफू मात्र स्टार भएका छैनन् उनले अरु धेरै कलाकारको करियर बनाइदिएका छन् ।

आज हामी यहाँ तिनै कलाकारबारे चर्चा गर्नेछौँ ।

ऋतिक रोशन– ऋतिक बलिउडका निकै चर्चित अभिनेता हुन् । तर ऋतिकलाई बलिउडमा स्थापित गराउनको लागि सलमानले पनि निकै नै मेहेनत गरेका छन् । जसका कारण ऋतिक आजपनि आफू यो उचाइसम्म पुग्नुको श्रेय सलमान खानलाई दिन्छन् ।

डेजी शाह– डेजी शाह चलचित्र जय हो मार्फत बलिउडमा भित्रिएकी हुन् । हिरो हिरोइनको पछाडी नाच्ने डेजीलाई ठूलो पर्दामा सलमानले नै ल्याएका हुन् । जसका कारण डेजी सलमानको निकै नै सम्मान गर्ने गर्छिन् ।

अर्जुन कपुर– अहिले अर्जुन र सलमानको सम्बन्ध राम्रो छैन । तर अर्जुनको करियर बनाउन सलमनको निकै ठूलो हात रहेको छ । सलमानले नै अर्जुनलाई बलिउडमा स्थान दिलाएका हुन् ।

जरिन खान– जरिन खानलाई कट्रिना कैफको टुप्लिकेट भन्ने गरिन्छ । उनलाई चलचित्र वीर मार्फत सलमानले बलिउडमा भित्र्याएका हुन् । एक समयमा बलिउडमा जरिन र सलमानको अफेयरको हल्ला समेत चलेको थियो । तर जरिन भने सलमान आफ्नो निकै राम्रो साथी भएको र सधैँ नै आफू सलमानको सम्मान गरिरहने बताएकी छिन् ।

हिमेश रेशमिया– हिमेश बलिउडका सर्वाधिक चर्चित म्यूजिक डाइरेक्टर तथा गायक हुन् । उनले बलिउडमा धेरै नै ब्लकबस्टर गीत गाएका छन् । तर उनको पनि करियर सलमानले नै बनाइदिएका हुन् । हिमेशले पनि सलमानलाई आफ्नो सफलताको श्रेय दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्