
चलचित्र आमा हिजोमात्र युट्युबमा रिलिज भएको छ । गतबर्ष फागुनमा प्रदर्शनमा आएको चलचित्र आमा कोरोनाको महामारीको कारण धेरै दर्शकले हलमा हेर्न पाएका थिएनन् । जसका कारण कोरोनाको महामारीपछि हल खुलेपछि आमा पुनः प्रदर्शनमा ल्याइएको थियो । तर दोस्रो पटक हलमा रिलिज गर्दा आमा लाई हेर्न दर्शक आएनन् ।
हलमा दर्शकको राम्रो साथ नमिलेपनि आमालाई युट्युबमा भने दर्शकको राम्रो साथ मिलिरहेको छ । युट्युबमा रिलिज भएको केही समयमै धेरै दर्शकले चलचित्रमा आमा हेरेका छन् र चलचित्र हेर्ने अधिकांशले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिइरहेका छन् ।
चलचित्र हेरेर धेरै दर्शकले आँशु थाम्न नसकेको समेत बताएका छन् । सुरक्षा पन्त, मिथिला शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र आमा लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।





