१८ बर्षका छोरालाई आफ्नो नग्न तस्बिर खिच्न लगाएपछि विवादमा तानिइन् यी नायिका, दर्शकले गरे यतिसम्म गाली…



हलिउड अभिनेत्री एलिजाबेथ हर्ले यतिबेला नराम्रोसँग विवादमा तानिएकी छिन् । उनले केहीदिन अघिमात्र सामाजिक सञ्जालमा आफ्नो टपलेस फोटो सेयर गरेकी थिइन् । हिउँमा खिचिएका उक्त तस्बिरहरु निकै नै बोल्ड छन् । उनले यी तस्बिरहरु आफ्ना १८ बर्षीय छोरा डेमियनलाई खिच्न लगाएकी हुन् । यसैकारण नै उनको आलोचना भएको छ ।

उनले अत्याधिक आलोचनामा आएपछि यसबारे स्पष्टिकरण दिएकी छिन् । उनले उक्त तस्बिर आफ्नो छोराले नभएर ८० बर्षकी आमाले खिचिदिएको बताएकी छिन् । तर यो स्पष्टिकरण दिएपछि उनी झनै विवादमा तानिइन् ।

परिवारको अगाडि सहजै नग्न पोज दिएको भन्दै उनको आलोचना भैरहेको छ ।

एलिजाबेथ बिकिनी र टपलेस पोज दिन हिच्किचाउँदिनन् । २०१८ मा एक अन्तरवार्ताको क्रममा उनले आफ्ना कैयौं बिकिनी फोटोहरु छोरा डेमियनले खिचेको खुलासा गरेकी थिइन् । एलिजाबेथले छोराले फोटोग्राफी पढ्दै गरेको र राम्रो फोटो खिच्ने भएकोले आफूले फोटो खिच्न लगाएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्