कत्तिको सुहाउँला त प्रदिप र रेनुको जोडी ?



प्रदिप खड्काको आगामी चलचित्र प्रकाश मा धनगढीकी रेनु योगी फाइनल भएकी छिन् । रेनु अडिसन मार्फत चलचित्र प्रकाश मा फाइनल भएकी हुन् ।

रेनुको प्रकाश डेब्यु चलचित्र हो । उनले यसअघि नाटक, सर्ट फिल्महरु भने गर्दै आएकी थिइन् । रेनु चलचित्रमा फाइनल भएपछि प्रदिपसँग उनको जोडी कत्तिको सुहाउने भनेर यतिबेला फ्यानहरु अनुमान लगाइरहेका छन् ।

रेनुले चलचित्रमा आफू निकै मेहेनत गर्ने बताएकी छिन् ।

जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा महेन्द्र अधिकारीको लगानी र विकास सुवेदीको कथा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्