१५ बर्षको उमेरमा प्रेम गर्दा करीनालाई आमाले दिएकी थिइन् यस्तो सजाय…



करीना कपुर बेला बेलामा सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् । कहिले तस्बिरका कारण त कहिले बच्चाका कारण उनी चर्चामा छाइरहेकी हुन्छिन् । दोस्रो पटक आमा बन्ने तयारीमा रहेकी करीनाले सामाजिक सञ्जाल मार्फत आफ्नो जीवनको रमाइलो घटना सेयर गरेकी छिन् ।

उनले आफू १५ बर्षको उमेरमा नै प्रेममा परेको बताएकी छिन् । उनले त्यस उमेरमा आफू निकै नै चन्चले स्वभावको भएका कारण प्रेममा परेको बताइन् । तर त्यस समय उनले आमाको निकै गाली खाएकी थिइन् । आमाले आफूमाथि त्यससमय घेराबन्दी लगाएको पनि करीनाले सुनाइन् ।

करीनाका अनुसार उनी दिदी करिश्मा कपूर उनीभन्दा ठूली भएकाले उनलाई घरबाट बाहिर खुलेआम हिँड्ने अनुमति थियो । उनले १४-१५ सालको उमेरमा उनलाई एक युवक निकै मन पर्यो । करीनाले उक्त युवकसँग कुराकानी गर्नका लागि आफ्नो कोठामा फोन लुकाएकी थिइन् । उनको यस व्यवहारका कारण उनकी आमा बबीता कपूर निकै रिसाइन् ।

करीनाका हर्कतका कारण उनकी आमाले उनलाई बोर्डिंग स्कुलमा भर्ना गरिदिइन् । जसका कारण उनी स्कुलमा कडा नियमकाबीच पढाई सुरु गरिन् ।

प्रतिक्रिया दिनुहोस्